सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै विद्यालयका १५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि

२०७८ वैशाख १३, ०८:२० खबर संवाददाता

अछामः अछाममा एकै विद्यालयका १५ जना विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएको छ। 

बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकाको नन्दा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएको हो।

सोमबार एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा संक्रमण पुस्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

२४ जना विद्यार्थीको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

केहि दिन यता विद्यार्थीमा रुघाखोकी र ज्वरो आईरहेको र नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुस्टि भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस