सुदूरपश्चिमका एक पूर्व लडाकुको कोरोना संक्रमणबाट भारतमा मृत्यु
२०७८ वैशाख १३, ०५:११
धनगढी: सुदूरपश्चिमका एक युवकको कोरोना संक्रमणबाट भारतमा मृत्यु भएको छ। बाजुराको बुढिगंगा नगरपालिका -७ झालीका ३४ वर्षीय शंकर कटुवालको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो।
भारतका दुई वटा अस्पतालमा लग्दा पनि अक्सिजन नपाएपछि उनको मृत्यु भएको उनको पारिवारिक स्रोतले बताएको छ। मृतक कटुवाल जनमुक्ति सेनाका पूर्व लडाकु रहेको बुझिएको छ।
कमेन्ट लोड गर्नुस