दार्चुलामा निर्माण सामग्री बोकेको ट्रयाक्टर दुर्घटना
धनगढी: दार्चुलामा निर्माण सामग्री बोकेको ट्रयाक्टर दुर्घटना भएको छ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ को प्रशासन जाने रोडमा सुपप्र ०१—००२ त ५३३२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो।
सोमबार बजार क्षेत्रबाट जिल्ला प्रशासन कार्यालय दार्चुलाको निर्माणाधिन भवनको लागि बालुवा, गिट्टी ल्याउँदै गर्दा उकालो बाटोमा ट्रयाक्टर पल्टिएको प्रहरीले बताएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।