आत्मकथा: धरहरामा
७२ सालको प्राकृतिक यातना
प्रयास भण्डारी खुमकान्त, धनगढी: यो विपद र चित्कारको समयमा चाहेर पनि कल्पनामा बाँधिन सकिरहेको छैन।
मेरो अवस्थितिको देश आक्रान्त होला आज। पक्कै रोइरहेको हुनु पर्छ। धेरै सन्तानले आभिभावक र आफन्तजन गुमाए होलान।
समग्रमा देशले ठुलो पिडा खेपिरहेको हुनु पर्छ। यो नियति एकदिन मेरा लागि आउनु नै थियो।
यो सम्भाव्यताको तनावबाट म कसरी गुज्री आएँ, सबै स्मरणको पर्दाभित्र कैद गर्न सक्दिन।
तर यो प्रलयको सिकार म पनि बने र मैले पनि भोगे। इतिहासको कालो दिनमा मेरो आडमा रहेर मृत्यु वरण गर्नेहरुप्रति श्रद्धा सुमन अर्पण गर्न बाहेक अरु केहि गर्न सक्दिन म।
मेरो उमेर कै हिसाव गर्छौ भने म बुढो भइसकेको थिए। बिचमा मर्मत र उपचारको काम गरिएता पनि म ९० सालको भूकम्पले गली सकेको थिए।
उमेरले तिमीहरु बुढो भए झैँ म पनि समयले कमजोर बनिरहेको थिए।
कालान्तरमा आएका भुकम्पनबाट पनि काँपि नै रहनु पर्यो। तिमीहरुले मलाई हाँसिनै रहेको देख्यौ बाहिरबाट।
भित्र भित्रै कति उदासिन र बेचैन थिए म त्यो तिमीहरुले बुज्न सकेनौ। यो विपद मेरो चाहना थिएन।
म ढल्दै गर्दा अरु कसैसंग संगै ढल्नु पनि मेरो चाहना थिएन। अझै केहि दिन तिमीहरु संगै अटल र निडर भएर बस्न मन थियो तर पनि एक दिन ढल्नु निश्चित नै थियो ।
यस्तो निर्जीव चाहना र पिडा त्यति बेला हुन्थ्यो जतिबेला मेरो सयर गर्नेले कहिल्यै मेरो वर्तमान र भबिस्य को बारेमा ध्यान पुर्याएनन्।
न त सम्बन्धित निकाय ले न सरकार ले मलाई त्यति बेला एक्लो महसुस हुन्थ्यो तर पनि म मेरो जिम्मेवारीबाट विचल्लित भईन।
किनकि तिमीहरुले मलाई गरिमा, प्रतिष्ठा, चिनारी, गौरब र जीवित इतिहास को रुपमा ठडाएका थियौ। त्यही रुपमै ठडीन प्रयास गरीनै रहे तर यो दैविक विपदलाई न तिमीहरु रोक्न सक्थ्यौ न मैले सक्थेँ।
शनिबारको दिन त्यसै पनि मेरो व्यस्तताको दिन। त्यो दिन कतिले मलाई स्पर्श गरेका थिए। कति आरोहण पश्चात फिर्ता भइसकेका थिए होलान्।
सबैको आफ्नै रौनक र व्यस्तता थियो। त्यस्तै व्यस्तता मेरो नि थियो। सयभन्दा बढीको संख्या उपत्यका सयरमा हराइरहेका थिए।
ओर्लने र उक्लनेको एउटा लहर बढी नै रहेको थियो। तिमीहरुकै गौरब र संस्कृतिमा रमाए। सबै सुख दुख मा सहयात्री बनिनै रहे।
आजका दिन सम्म पनि तिमीहरुकै बिभिन्नता, क्षमता ,इतिहास, स्वाभिमान ,स्वतन्त्रता र आत्मा सम्मानमा समाहित नै भए।
सबै इतिहासका उताड चढाव अन्तस्करण देखि नै महसुस हुन्थ्यो। काल खण्डमा युग फेरियो युगान्तरमा धेरै उथल पुथल भयो।
शासन प्रणाली फेरियो। शासन सत्ता फेरियो ।सासक फेरिए। बिकास र सभ्यता पनि हुँदै गयो। आदिम देशबाट आजको नेपालसम्म आइपुग्न पाएँ।
काल खण्ड का परिबर्तन र संघर्षमा म तिमीहरुको पक्षबाट साक्षी बसी दिए। इतिहासमा धेरै आदर्श पुरुष मारीए, राजनीतिज्ञ मारीए ,आसाका केन्द्र हरु ढले त्यस्को पनि म मुकदर्शक नै बस्नु पर्यो।
आज यो अन्तिम दिनसम्म आइ पुग्दा पनि कहिल्यै भीमसेन थापाको परिकल्पना प्रति आत्मग्लानी गरिन। म कसैको सृजनाको क्यानभास बाट खोपिएको थिए।
जसबाट एउटा जीवन पाए। गर्ब नै गरे। म अस्ताउनै लाग्दाको यो अन्तिम घडीतिर एउटा आशातित कुरो गर्न मन लागेको छ।
मेरो निर्जीवता पक्कै तिमीहरुले बुजेका छौ मेरो निर्जीव पना अन्त्य भएर पनि मेरो पुनर जन्म सम्भव छ।
म फेरि उठ्न सक्छु। मात्र तिमीहरुको दृढसंकल्प, विश्वास र अठोटबाट। तिमीहरुले यो सस्मरण पढिरहँदा म सडकमा तहसनहस भएको स्थितिमा हुनेछु। तिमीहरु एउटा विपद संग लडी रहेका हुने छौ। एउटा चित्कार बाट नवीन संकल्पको उत्खलन गरि रहेका छौ होला।
सायद मेरो विवशताभित्र अटेको निर्दोष निर्जीव पनको आज पक्कै मुल्यांकन र समिक्ष्य गरिरहेका छौ होला।
अपरान्हको ११:५६ बजेतिर म यो अस्तित्वको संसारबाट बिलिन हुन पुगे।