सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या

२०७८ वैशाख ११, ०१:५० खबर संवाददाता

काठमाडौं: भारतमा नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको पाइएको छ।

गुजरात राज्यको अहमदावाद सहर अन्तर्गतको दानी लिम्दा, बेहरामपुरमा २३ वर्षीया प्रतिक्षा गिरीको बलात्कारपछि हत्त्या गरिएको पाइएको हो। ती युवतीको १९ अप्रिल बिहान अपहरण गरिएको र २४ घण्टासम्म बन्धक बनाएई पटकपटक बलात्कार गरी हत्या गरिएको बताइएको छ। घटनामा सामेल मुख्य आरोपी भनिएका राजु नाम गरिएका युवकसहित ३ जना रहेको पाइएको छ।

तिनैजना आरोपी सोही ठाउँका स्थानीय रहेका र दैलेख घर भएकी प्रतिक्षा गुजरातको अहमदावादमा करिब १ वर्षदेखि कामका सिलसिलामा बस्दै आएकी जनाइएको छ। गुजरात क्राइम ब्रान्चले घटनामा संलग्न तीनै जना युवालाई नियन्त्रणमा लिइसकेको नेपाली सांस्कृतिक परिषद अहमदावादले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएका युवाहरुले हत्या गरेकोे स्वीकार गरिसकेका छन्। मृतक प्रतिक्षाको परिवारमा श्रीमानसहित २ बच्चा छन्।

कमेन्ट लोड गर्नुस