सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल दार्चुलामा ४ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

२०७८ वैशाख ११, १०:०७ खबर संवाददाता

दार्चुला: जिल्ला अस्पताल दार्चुलामा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। जिल्लाको नौगाड गाउँपालिका–४ का १७ वर्षीय गोविन्दसिह धामीको शुक्रबार शल्यक्रिया भएको हो। 

उनको दार्चुलामा हालै आएका मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी) डाक्टर आर्दश लिम्बु नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो। 

जिल्ला अस्पतालमै ४ वर्ष अघिसम्म एमडीजिपी डा. नवराज बास्ताकोटी नेतृत्वको टोलीले पनि एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेका थिए। त्यसपछि जिल्लामा शल्यक्रियाको काम रोकिएको थियो। 

अस्पतालका अनुसार पछिल्लो ३ महिनामा गर्भवती महिलाको सफल शल्यक्रिया, हात भाच्चिएका बिरामीको शल्यक्रिया, हर्नियाको र हाइड्रोशिलको शल्यक्रिया गरिएको छ। 

कमेन्ट लोड गर्नुस