सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा पर्यटक घुमाउने नेपाली सुवाश (भिडियो कथा)

कस्मीर डायरी –भाग ०३

२०७५ असोज २२, ०२:२०

सल्यालनका सुवाश चलाउनेको जन्म नै भारतको कस्मीरमा रहेको लदाक स्थीत आफ्नो मामाको घरमा भयो। लदाकमै पर्यटकहरुलाई घुम्नका लागि मोटरसाईकल भाडामा दिन उनले १५ वटा मोटरसाईकल खरिद गरेका छन्। कस्मीर क्षेत्रको पर्यटकीय स्थलमा पर्यटकहरु मोटरसाईकलमै जाने आउने गरेकाले उनले पनि सोही काम सुरु गरेका हुन्। 
नेपालमा पनि पर्यटकहरुलाई घुमाउनका लागि भाडाका मोटरसाईकलको व्यवस्था भए पर्यटन प्रवद्धनमा टेवा पुग्ने उनको सोच छ। जन्म पनि भारतमै भएकाले सुवाशलाई राम्रोसंग नेपाली बोल्न पनि आउँदैन्। तर उनी आफुलाई नेपाली भएकोमा गर्व गर्दै हिड्ने गरेका छन्। उनी विरलै आफ्नो सल्यान स्थीत घरमा आउने गरेका छन्।

घर आउँदा उनलाई यहाँको सडकको दुरावस्थाले निकै दुखि बनाउने गरेको छ। भारतमा चिल्ला र व्यवस्थीत सडक देखेका सुवाश भन्छन्, जन्म भारत भएपनि घर त नेपाल नै हो। त्यसैले बेला–बेला सल्यानमा रहेको घरमा पनि पुग्ने गरेको छु तर त्यहाँको सडक आवतजावतका लागि निकै कठिन छ। 

कमेन्ट लोड गर्नुस