सुदूर नेपाललाई विश्वसँग जोड्दै

सौर्य एयरलाइन्सले पुनः धनगढी–काठमाडौं हवाई सेवा सञ्चालन गर्दै

२०७८ वैशाख ६, १२:०६ खबर संवाददाता

धनगढीः सौर्य एयरलाइन्सले पुनः धनगढी–काठमाडौं हवाई सेवा सञ्चालन गर्ने भएको छ।

२ वर्षदेखि अवरुद्ध आफ्नो सेवा पुनः सञ्चालनमा ल्याउने भएको हो।

एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालका अनुसार सो कम्पनीले सुरुमा सन २०१७ सेप्टेम्बरदेखि २०१८ मे १६ सम्ममा धनगढी–काठमाडौं हवाई सेवा सञ्चालन गरेको थियो। तर बीचमा आफ्नो सेवा बन्द गर्नुपरेको बताउँदै उनले पुनः २०२१ मे १ देखि सेवा सञ्चालनको तयारीमा रहेको जानकारी दिए। कम्पनीले सीआरजे २०० जहाजमार्फत सेवा दिने जनाएको हो। केही समयमा विराटनगर–धनगढीको लागि पनि हवाई सेवा दिने कम्पनीको योजना छ।

हालसम्म धनगढी–काठमाडौंको लागि बुद्ध र श्री एयरलाइन्सले दिनमा ३ पटक उडान भर्दै आएका छन्।

 

कमेन्ट लोड गर्नुस