सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना पुष्टि भएका एक नेपालीको मृत्यु

२०७८ वैशाख ५, ०५:०५ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । 

अस्पतालका अनुसार उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो । 

नेपालगञ्जमा रहँदा गम्भीर बिरामी भएपछि उनलाई उपचारका लागि शनिबार दुल्लु अस्पताल, दैलेख पु¥याइएको जनाइएको छ । 
 

कमेन्ट लोड गर्नुस