H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ जेठ , बुधवार ०३:०३
May 19 2021, Wednesday
03:03:50 AM

बझाङ्गमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

विज्ञापन
खवर संवाददाता
२०७८ वैशाख ०८:५४
अ+

बझाङ्गः बझाङ्गको चैनपुरमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ परेका छन्। 

चैनपुरको रिङरोडमा शुक्रबार राती ३ जनाले मादक पदार्थ सेवन गरी एक जनाको मोबाइल खोसेर अभद्र व्यवहार गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूले प्रहरीमाथी समेत हातपात गरेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।

अभद्र व्यवहार गर्नेहरूमा जनपाका अमित कुमार छत्याल, मष्टा गाउँपालिकाका विनोद कठायत, सुर्मा गाउँपालिकाका बबिन बोहरा रहेका छन्। 

उनीहरू विरूद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad