सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा हतौडाले हिर्काएर मामाले गरे भाञ्जाको हत्या

२०७८ वैशाख ४, ०३:५२ खबर संवाददाता

धनगढी :  बैतडीमा हतौडाले हिर्काएर मामाले भाञ्जाको हत्या गरेका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ का अन्दाजी २२ वर्षीय मामा नारायण भुलले १५ वर्षीय भाञ्जा महेश भुलको टाउकोमा हतौडाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । 

उनले दिएको जानकारी अनुसार सो घटना शनिबार विहान  साढे ८ बजेको समयमा भएको हो । उनले भने, “अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ, प्रक्रिया पु¥याई शवलाई पोष्र्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।” 

तर, के कती कारणले हत्या गरिएको हो भन्ने बारे भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मामा नारायण भुल मानसिक रोगि भएको भन्ने बुझिएको छ ।
 

कमेन्ट लोड गर्नुस