सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम बहुमुखी क्याम्पसमा एमबिएस कार्यक्रम थप गर्ने बिषयमा छलफल

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ३, ०६:५२ खबर संवाददाता

अछाम:  अछाम बहुमुखी क्याम्पसमा एमबिएस कार्यक्रम थप गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर डिल्लीराज शर्माले जोड दिएका छन्।

प्राध्यापक शर्माले शिक्षाको गुणस्तर बढाउनु पर्ने बिषयमा पनि ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन्।

डीन डाक्टर शर्माले क्याम्पसको संस्थागत विकास, भौतिक पूर्वाधार जस्ता कार्यमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

 अछाम बहुमुखी क्याम्पसको एमबीएस कार्यक्रम थप गर्ने सम्बन्धमा स्थलगत अध्ययन तथा सरोकारवालावीच भएको छलफलमा डाक्टर शर्माले क्याम्पसले गरिरहेको कार्य उत्साहजनक रहेको र अन्य प्राप्त कार्यक्रम लाइ थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए।

कार्यक्रम मात्र नभइ प्रतिष्पर्धी शिक्षाका लागि अध्यापकले बिशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

शर्मा नेतृत्वको टोलीमा सहायक डीन दिनेशमणी घिमिरे, विश्वविद्यालयका बिशेषज्ञ सह प्राध्यापक डाक्टर मनोज कुमार चौधरी, सहप्राध्यापक जगत तिमल्सीना, शाखा अधिकृत बिमला घिमिरे गरी ५ जना रहेका छन्।

उनीहरुले क्याम्पसको समग्र अवस्था, एमबिएस कार्यक्रमका लागि आवश्यक तयारी, आधार लगायतका कुराको विवरण संकलन गरेका छन्।

त्रिविको टोली एमबिएस कार्यक्रम थप गर्न सकारात्मक रहेको सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाहीको भनाइ छ।

सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाहीले सम्पूर्णलाई स्वागत गर्दै क्याम्पसको अवस्थाबारे जानकारी गराएका थिए।

भौतिक, सूचना प्रविधि, शैक्षिक लगायतका क्षेत्रमा निकै सुधार भैरहेको र एमबीएस कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न आफुहरु तयार रहेको उनको भनाइ छ। 


सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरप्रमुख बोहराले अछाम जनताको मेहनत, लगानी र दुःखले क्याम्पस अहिलेको अवस्थामा आएको भन्दै एमवीएस कार्यक्रम सञ्चालन गर्न आफु प्रतिबद्ध रहेको बताएका छन्।

अहिले क्याम्पस केही हदसम्म क्याम्पसजस्तो भएको र यसका लागि आफुले अझैँ सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

 क्याम्पसको विकास भएमा अछामका साथै छिमेकी जिल्लाका विद्यार्थी समेत आकर्षित हुने उनको भनाइ छ।

२०४८ सालमा स्थापना भएको अछाम बहुमुखी क्याम्पसमा हाल कक्षा ११, १२ तथा व्यवस्थापन र शिक्षा शास्त्र संकायमा अध्यापन भइरहेको छ।

क्याम्पसमा हाल  १ हजार २० जना विद्यार्थी रहेको छ। 

कमेन्ट लोड गर्नुस