सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको खोडपे बजार नजिक आगलागी

२०७७ चैत्र ३०, ०६:४९ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोडपे बजार नजिक आगलागी भएको छ। पश्चिमपट्टीको जंगलमा लागेको डढेलो बजारनजिकै पुगेको हो। 

उक्त आगो डडेल्धुराको अमरगढी नगरपालिकाको दमकलले निभाएको थियो। अगो निभाएपछि बजार नै सखाप हुनबाट बचेको स्थानीयले बताएका छन्।

घटना स्थलमा डडेल्धुराको दमकल पुगेको भएपनि पाटन नगरपालिकाको दमकल पुग्न सकेको छैन। उक्त दमकलमा डिजेल नभएकाले नआएको भनीएको छ। 

खोड्पेका व्यवसायी पाटन नगरपालिकाले दमकल नपठाएको भन्दै आक्रोशित भएका छन्।
 

कमेन्ट लोड गर्नुस