सुदूर नेपाललाई विश्वसँग जोड्दै

म झन् राम्री देखिएकी छु: कोमल वली

२०७७ चैत्र २९, ०४:५६ खबर संवाददाता

काठमाडौं : राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल ओलीले आफूलाई प्रेम गर्न आवश्यक रहेको बताएकी छिन्।

सिल्क फेसनको वार्षिकोत्सव समारोहमा वलीले आफूलाई प्रेम नगर्नेले अरुलाई पनि गर्न नसक्ने तर्क राखिन्।

सिल्क फेसनले सात वर्षमा गरेको प्रगतीको तारिफ गर्दै आगामी दिनमा सफलता हासिल गर्न सांसद वलीले शुभकामना दिइन्। ‘सिल्क फेसनको पोशाक मैले पनि लगाए। एकदमै चित्त बुझ्यो,’ वलीले भनिन्, ‘यो पहिरनमा झन् राम्री देखिएकी छु।’

नेपाली डिजाईनका कस्ट्युमहरू विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताइन्।

कमेन्ट लोड गर्नुस