सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका बेपत्ता पुरुषको गाउँलेहरु समूह बनाएर खोजी गर्दै

२०७७ चैत्र २९, ०३:२३ खबर संवाददाता

धनगढी: बझाङबाट बेपत्ता भएका बैतडीका एक पुरुषको खोजी कार्यमा गाउँलेहरु नै जुटेका छन्।

पुर्चाैडी नगरपालिका –७ का ४६ वर्षीय ठगि साउद यही चैत्र २२ गतेबाट बेपत्ता भएका थिए। गाँउबाट २५ जना उनको खोजी गर्दै आएका र उनीहरु समूह बनाएर बझाङका विभिन्न ठाँउमा ठगिको खोजी गरिरहेका हुन्।

उनका भतिजा सुरेन्द्र सिंह साउदका अनुसार बझाङको दुर्गाथली गाँउपालिका –२ जुजीमा मजदुरी गर्दै आएका ठगी राति ११ बजेबाट बेपत्ता भएका थिए।

यसबारे प्रहरीलाई लिखित रुपमा जानकारी गराइएको र प्रहरीले अनुसन्धान एवम् खोजी गरिरहेको बताएको छ।   

कमेन्ट लोड गर्नुस