सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २८८ जनामा कोरोना संक्रमण

२०७७ चैत्र २७, ०४:५४ खबर संवाददाता

काठमाडौँः पछिल्लो २४ घण्टामा नेपालमा २८८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ।

हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ४ हजार ७१ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप १२९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ११७, ललितपुरका ९ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस