सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब बुहारी बनाएर भित्र्याउन लागिएकी युवती आफ्नै छोरी भएको थाहा भयो...

२०७७ चैत्र २७, ०१:३५ खबर संवाददाता

काठमाडौं: बुहारी बनाएर भित्र्याउन लागिएकी युवती आफ्नै छोरी भएको खुलेको घटना साजर्वजनिक भएको छ।

पूर्वी चीनको सुजौमा विवाह भइरहेका बेला दुलाहाकी आमाले दुलही पनि आफ्नै छोरी भएको थाहा पाउँछिन्। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार दुलाहाकी आमाले दुलहीको हातमा ’बर्थमार्क’ देख्छिन्। जुन उनकी सानैमा हराएकी छोरीका हातमा थियो।

उनले दुलहीका आमाबुबालाई छोरी एडप्ट गरेको हो भनी सोधिन्। उनीहरुले एडप्ट गरेको बताएपछि दुलाहाकी आमाले दुलहीसँग कुरा गर्दा २० वर्षअघि छुटेकी छोरीले पनि आमालाई चिनिन्।

त्योसंगै एउटा अर्को रहस्य पनि खुल्न गयो कि, दुलाहा ती महिलाका आफ्ना छोरा नभई सानैमा उनलाई पनि एडप्ट गरिएको थियो। अब दुबै जना एउटै बाबुआमाका सन्तान नभएपछि उनीहरूको विवाह त हुनु नै थियो। 

कमेन्ट लोड गर्नुस