बैतडीका प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा
२०७७ चैत्र २७, १०:५८
बैतडी: बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सरुवा भएको छ। प्रमुख जिल्ला अधिकारी जोशीको रुपन्देही सरुवा भएको हो।
रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जोशीलाई गृहमन्त्रालयले खटाएको छ।
जोशीको ठाउँमा गृहमन्त्रालयबाट राजेन्द्रदेव पाण्डे प्रमुख जिल्ला अधिकारीको रुपमा जान लागेको मन्त्रालय श्रोतले जनाएको छ ।
कमेन्ट लोड गर्नुस