वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइने
२०७७ चैत्र २६, ०५:४०
काठमाडौँ: वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइने भएको छ।
सरकारले देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ गते ६ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल र जुकाको औषधी खुवाइने भएको हो।
यसअघि पहिलो चरण अन्तरगत गत मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो।
कमेन्ट लोड गर्नुस