सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मंगलसेनमा प्रसुती केन्द्र स्थापना

२०७७ चैत्र २६, ०३:०९ खबर संवाददाता

धनगढी: अछामको मंगलसेन नगरपालिकामा प्रसुती केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ।

नगरपालिकाको वडा नम्वर १३ स्थित बाडामा सहरि स्वास्थ्य क्लिनिकको प्रसुती केन्द्र स्थापना गरिएको हो। नगरपालिकाकै पहलमा स्थापना गरिएको सो प्रसुती केन्द्रको नगरप्रमुख पदम बहादुर बोहराले अद्घाटन गरेका हुन्।

बस्तीको विकटतालाई मध्य नजर गर्दै सहरी स्वास्थ्य क्लिनिकसंगै सुरक्षित प्रसुति केन्द्रको स्थापना गरिएको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस