सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पत्रकार महासंघ बझाङ्ग शाखामा रोकायाको प्यानल विजय

२०७७ चैत्र २६, १२:२७ खबर संवाददाता

बझाङ्गः नेपाल पत्रकार महासंघ बझाङ्ग जिल्ला शाखामा शैलेन्द्र रोकाया नेतृत्वको संयुक्त प्यानल विजय भएको छ।

बुधबार भएको चुनावमा बझाङ्गको नेतृत्वको लागि रमेश केसी र शैलेन्द्र रोकायको नेतृत्वमा २ वटा प्यानल मैदानमा थियो।

विजय हुनेमा शैलेन्द्र रोकाया अध्यक्ष, सम्राट सिंह उपाध्यक्ष, ललित सिंह सचिव, दोरेन्द्र खड्का सहसचिव, सुवास कठायत कोषाध्यक्ष रहेका छन्।

त्यस्तै सदस्यहरूमा धुर्व बिष्ट, आशिष सिंह, बिष्णु खड्का, दिनेश बोहरा, अशोक खड्का, उत्तम थापा, झलक सिंह र बिर्ख बोहरा विजय भएका छन्। समावेशी उपाध्यक्षमा विना रोकाया र सहसचिवमा तरुणा जोशी निर्विरोध निर्वाचित भएका थिए। 
निर्वाचनमा शैलेन्द्र रोकायाले ५२ मत र रमेश केसीले १० मत प्राप्त गरेका थिए। 

बझाङ्गमा ८२ मतदाता रहेकोमा ६८ मत खसेको थियो।
 

कमेन्ट लोड गर्नुस