सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाका केन्द्रीय सदस्य पुनले भेटे जिल्ला कारागार अछाममा रहेका कार्यकर्ता

२०७७ चैत्र २५, ०२:५५ खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले जिल्ला कारागार अछाममा रहेका कार्यकर्ताहरुसंग भेटघाट गरेका छन्।

विगत १८ महिनादेखि जेल जीवन बिताइरहेका पाँच जना कार्यकर्ताहरुसंग भेटघाट गरेका हुन्। उनीहरुलाई नेता पुनले नआँत्तिन अनुरोध गरेका थिए।

उनले भने ”क्रान्तिले मान्छेलाई बर्बाद पार्ने होइन यसले मान्छेको क्षमता विकाससंगै समाजलाई नयाँ आकार दिनेछ। जेल आफैमा विश्वविद्यालय हो, यसले मानिसलाई खारेर संघर्षको मैदानमा स्पातिलो बनाएर लैजान्छ। हाम्रो संघर्ष र बलिदानी खेर जाँदैन। हाम्रो योगदानले भावि पिढीको भविष्य उज्ज्वल पार्नेछ। हामी नै यसको अन्त्यकर्ता हुनेछौँ।”

उनले सरकारसंगको सहमतिअनुसार सबै नेताकार्यकर्ता रिहा हुने बताउँदै चाँडै रिहाइ हुने विश्वास व्यक्त गरे। पुनले रिहाइको प्रक्रिया अगाडि बढिसकेको र कारागरमा रहेका कार्यकर्ताको समस्यामा पार्टीको ध्यान केन्द्रित भएको बताए।
 

कमेन्ट लोड गर्नुस