गेष्ट हाउसमा उषा किरणको मुस्कानी आतिथ्यता (भिडियो सहित)
कस्मीर डायरी– भाग ०१
लामो समय भारतमा अध्ययनका लागि वसे पनि जम्मु कस्मीरको यात्रा मेरो लागि नौलो थियो । त्यहाँ घुम्न जानु अघि मैले अनलाईनबाट वस्ने होटेल वुकिङ गरिसकेको थिए । दिल्लीबाट जम्मु कस्मीरको लदाकमा हवाई यात्रा हुँदै वुक गरेको गेष्ट हाउसमा पुग्दा एक युवतीले मुस्कान सहितको स्वागत गरिन् ।
दिनको ६ सयको दरको कोठा भाडामा दुई दिन वसेपछि वल्ल म उनीसँग वोले नेपालीमा । हामी वस्ने कोठामा रुम सर्भिसका लागि उनी पटक पटक आउने जाने गर्थिन तर उनी को हुन भन्ने मलाई थाहा थिएन् । दुई दिन वसेपछि उनले मलाई सोधिन्– आफ ईन्डियन हे ? उनले मलाई यो सोध्नु पनि स्वभाविक थियो किनकी मेरो हिन्दी पनि प्रष्टै थियो भने कर्ली कपाल देखेर उनले सोधेकी होलिन् । जव म नेपाली हो भनेर मेरो मुखवाट शब्द झर्न नपाउँदै उनले अंगालो वेरेर यति खुशी भईन् की म उनकै घरको सदस्य जस्तै ।
केहीवेर सामान्य कुराकानीसँगै मसँग भएको चिप्स उनलाई दिए । अमुल्य उपहार पाए जस्तै उनको अनुहारमा खुशीको सिमा नै थिएन् । मेरो कोठावाट निस्किएपछि केही पर वसेर चिप्स खाँदै एक जना आफ्नै उमेर समुहकी युवतीसँग गफ गर्दै चिप्स खाईरहेको दृश्य झ्यावाट हेरिरहेकी थिए ।
त्यसपछि म फेरि घुम्न गएपछि फर्किने दिन त्यही गेष्ट हाउसमा पुगेर उनको कथा वनाउने ईन्छा जाग्यो । मैले उनीसँग समय मागे उनले काम सिद्धिएपछि समय दिने भनेपछि मैले उनले काम गरिरहेका दृश्यकहरु क्यामेरामा कैद गरे । फुर्सद भएपछि उनले अव कुराकानी गरौ भनिन् । वगैंचामा जाउ न मैले भने । उनले त्यसलाई ईन्कार गर्दै भनिन्– त्यहाँ त हुँदैन । मैले नेपालीसँग वोलेको कुरा गरेको साथी वनाएको मालिकलाई मन पर्दैन । मलाई वोल्न कुराकानी गर्न पनि दिदैनन् । उनको कुरा सुनेर मेरो मन चसक्क भयो ।
एनले मलाई सिडीको वाटो देखाउँदै माथि जाउ भनिन् । म उनको पछि लागेर तीन तले घरको छतमा पुगे । उनको अनुहारमा पनि चमक वढ्यो । उनी यति खुशी भईनकी हामीभन्दा माथि रहेको आकाशमा उड्दा रमाउने चरीभन्दा पनि वढी । पिजडावाट छोडिएको चरीको उडाईको उन्मादभन्दा पनि वढी ।
त्यहीवाट सुरु भयो उनको कथा संघर्ष र भोगाई । कञ्चनपुरको दैजीकी १९ वर्षीया उषा किरण चन्द लदाक वसेको १३ वर्ष भईसकेको छ । उनले गेष्ट हाउसमा काम गरेको एक वर्ष पुगेर दोस्रो वर्ष लागेको छ । लदाग गएपछि उनी एक पटक मात्रै घर आएकी छिन् । उनका वुवा घर निर्माणको काम गर्छन् भने आमा गृहीणीसँगै मजदुरीको काम गर्दै आएकी छिन् ।
उषा किरणलाई विद्यालय गएको स्मरण मात्रै छ । कक्षा एक मा पढ्न जानु वाहेक वाँकी पढ्ने रहर घर परिवारको आर्थिक अवस्थाले पुरा हुन सकेन् । ६ वटा दिदी वहिनीकी जेठी छोरी हुन उनी । गेष्ट हाउसमा सफा गर्ने, वाथरुम सफा गर्ने, पुछा लगाउने, खाना वनाउने, घर सरफाई गर्ने काम उनको जिम्मा छ । त्यो गरे वापत उनले चार हजार रुपैया भारतीय पाउँछन् । गेष्ट हाउसमा आउने जो कोहीलाई मुस्कान सहितका आतित्था दिनु नै उनको पहिचान वनिसकेको छ ।
उनी अव नेपाल फर्किने मुडमा छिन् । यो वर्ष घर आउन पाएपछि फेरि फर्किएर जान नपरोस् भन्ने उनको चाहना छ । पछि गएर आर्मी वन्ने सपना वोकेककी उषा किरणको मुस्कान सहितको सेवा अहिले पनि मेरो मन मष्तिष्कमा ताजै छ ।