सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा श्रीहरि कृषिनरीले भित्र्यायो डि–वाटरिङ र गोबरबाट दाउरा बनाउने मसिन

२०७७ चैत्र २४, ०७:३५ खबर संवाददाता

धनगढीः धनगढीको मिलन चोकमा रहेको श्रीहरि कृषिनरी ट्रेडर्सले डि–वाटरिङ र गोबरबाट दाउरा बनाउने मसिन भित्र्याएको छ।

धनगढीको मिलनचोकका व्यवसायी सुदर्शन गौतम र हरि न्यौपानेले गोबरबाट मल, पानी अलग गर्न र गोबरको दाउरा बनाउने मसिन भित्र्याएका हुन्। दुई महिनाको अवधीमा  १२ वटा मसिन बिक्री भएको र ८ वटा मसिनको माग आएको व्यवसायी गोतमले दाबी गरेका छन्।

डि–वाटरिङ  र गोबरको दाउरा बनाउने मसिन पशुपालन गर्ने किसानहरुले खरिद गरेर गाई भँैसीको मल–मुत्रबाट समेत फाइदा लिन सक्ने गौतमले बताएका छन्। पशुपालन गर्ने किसानहरुले सबै याममा गोबर र गहुँतबाट अतिरिक्त आय आर्जन गर्न डि–वाटरिङ र गोबरबाट दाउरा बनाउने मसिन सहयोगी हुने दाबी गरिएको छ।

गोबरबाट दाउरा बनाएर बिक्री गर्दा बजारमा प्रति किलोग्राम १२ रुपैया र फाइबर र पानी अलग बनाउदा फाइबर प्रति किलोग्राम १५ देखि १८ रुपैयामा बिक्री हुने दाबी गरिएको छ भने गोबरबाट अलग गरिएको पानी समेत भारतमा २५० रुपैया प्रति लिटर बिक्री हुने दाबी गरिएको छ। गोबरको दाउरा, इटाभट्टा, र आर्यघाटमा शव दाह गर्न प्रयोग गर्न सकिने हुँदा माग बढे किसानलाई राम्रो आम्दानी हुने व्यवसायी गौतमले दाबी गरेका छन्।

फाइबरको प्रयोग गमला तथा तरकारी बारीमा गर्न सकिने र गोबर–पानीको प्रयोग भने खेतबारीमा मल र विषादीका रुपमा समेत गर्न सकिने बताइएको छ।

श्रीहरि कृषिनरीमा गोबरबाट गमला बनाउने मसिन समेत बिक्री भइरहेको छ। ती मसिनहरु धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको केसी फर्ममा समेत जडान गरी गोबर प्रशोधनको काम सुरु गरिएको छ।

श्रीहरि कृषिनरी ट्रेडर्सले आफ्नो पसलबाट किसानलाई आवश्यक पर्ने सबै किसिमका किसानलाई आवश्यक पर्ने उपकरण र कृषि औजार बिक्री गरिरहेको जनाएको छ। बिभिन्न कृषि औजार एकै छानामुनी उपलब्ध गराएर किसानलाई सस्तो मुल्यमा गुणस्तरीय औजार उपलब्ध गराउने आफुहरुको मुख्य उद्देश्य रहेको व्यवसायी हरि न्यौपानेले बताए।

आफ्नो पसलमा बिभिन्न कृषि औजारका अतिरिक्त भर्मी कम्पोष्ट ब्याग, गाईवस्तुका झुलहरु, म्याट, विभिन्न किसिमका दुध बोक्ने गेलन सुलभ दरमा कृषकहरुलाई उपलब्ध गराउने दाबी व्यवसायीहरुले गरेका छन्।


 

कमेन्ट लोड गर्नुस