सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि विकास कार्यालयहरु कृषि ज्ञान केन्द्र र पशुसेवा कार्यालय भेटेनरी अस्पतालको रुपमा सेवा दिदैं

२०७५ असोज १७, १०:२१ सीताराम ओझा

सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा रहेका जिल्ला कृषि विकास कार्यालयहरु कृषि ज्ञान केन्द्र र जिल्ला पशुसेवा कार्यालयहरु भेटेनरी अस्पताल तथा विशेषज्ञ पशुसेवा केन्द्रमा परिणत भएका छन् । कतिपय स्थानमा साविककै कार्यालय र कतिपय दुई जिल्लाका कार्यालयलाई गाँभेर नयाँ स्वरुपमा ढालिएको हो ।

प्रदेश सातमा रहेका ९ वटा साविकका जिल्ला कृषि विकास कार्यालयलाई ६ वटा कृषि ज्ञान केन्द्रका रुपमा सेवा प्रवाह गराउन थालिएको छ भने ९ वटै जिल्लामा रहेका जिल्ला पशुसेवा कार्यालयलाई ५ वटा भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्रका रुपमा स्थापना गरिएको छ । राज्यको पुनःसंरचनासँगै प्रदेश सातका विभिन्न जिल्लाहरुमा रहेका कृषि विकास कार्यालयलाई ‘कृषि ज्ञान केन्द्र’मा प्रतिस्थापन गरिएको छ । त्यसैगरी जिल्ला पशुसेवा कार्यालयलाई भेटेनरी अस्पताल तथा विशेषज्ञ पशुसेवा केन्द्रका रुपमा सञ्चालन गरिएको छ । विशेषज्ञ कृषि र पशुसँग सम्वन्धित सेवा दिनका लागि यी केन्द्रले काम गर्नेछन् । 

राज्यको पुनःसंरचनासँगै प्रदेश सातका विभिन्न जिल्लामा रहेका कृषि विकास कार्यालयलाई ‘कृषि ज्ञान केन्द्र’मा प्रतिस्थापन गरेपछि यसको सेवा प्रवाहले नयाँ स्वरुप लिएको छ । कृषकलाई आधुनिक तथा वैज्ञानिक सेवा प्रवाह गर्नका लागि कृषि विकास कार्यालयको सट्टा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । प्रदेश नम्वर ७ सरकारको मातहत रहने केन्द्रलाई कृषि क्षेत्रको विशेषज्ञ सेवा प्रवाह गर्ने भनिएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले बताए । 

प्रदेश सातका ६ वटा स्थानमा कृषि ज्ञान केन्द्र सञ्चालन गरिएको छ । कैलाली र कञ्चनपुर हेर्ने गरी कञ्चनपुरमा, डोटी र डडेल्धुरा हेर्ने गरी डडेल्धुरामा, दार्चुला र वैतडी हेर्ने गरी वैतडीमा तथा वाजुरा अछाम र वझाङ जिल्ला हेर्ने गरी तीनै जिल्लामा कृषि ज्ञान केन्द्र राखिएको छ । तर सवै नौ वटै जिल्लामा कृषि ज्ञान केन्द्र राख्नुपर्ने माग गर्दै प्रदेश सरकारवाट सिफारिस गरी संघीय संरकारलाई लेखी पठाईएको छ । 

जिल्लाका स्थानीय तहसँग समन्वय गर्ने केन्द्रको योजना छ । केन्द्रको योजना र सहज सेवा प्रवाहको चाँजोपाँजो मिलाउन केन्द्र जुटेको छ । साविकको जिल्ला कृषि विकास कार्यालयलाई खारेज गरी त्यसको शाखा स्थानीय तहमा राखिएको छ । नागरिक पनि विगतको भन्दा राम्रो सेवा स्थाीनय तहबाट पाउने आशा र अपेक्षामा छन् । नागरिकको अपेक्षा पूर्तिका लागि स्थानीय तहले कृषि सम्बन्धी सेवा प्रवाह गर्दा विशेषज्ञ सेवा प्रवाह गर्नुपर्ने भएपनि त्यो हुन नसकेकोले कृषि ज्ञान केन्द्र मार्फत कृषकलाई आधुनिक तथा वैज्ञानिक सेवा प्रवाहमा सहयोग गर्ने मन्त्रालयका सचिव जोशीको भनाई छ । 

कृषि विकास कार्यालय कृषि ज्ञान केन्द्र वन्दा साविकका जिल्ला पशुसेवा कार्यालयहरु भने भेटेनरी अस्पताल तथा विशेषज्ञ पशुसेवा केन्द्रमा रुपमा सञ्चालन गरिएको छ । नौ जिल्लाहरुलाई मिलाएर ५ वटा केन्द्र वनाईएको छ । कैलाली र कञ्चनपुर हेर्ने गरी कञ्चनपुरमा डोटी र डडेल्धुरा हेर्ने गरी डडेल्धुरामा दार्चुला र वैतडी हेर्ने गरी वैतडीमा वाजुरा र अछाम हेर्ने गरी अछाममा र वझाङ जिल्ला हेर्ने गरी वझाङमा केन्द्र राखिएको छ । तर कैलालीमा भेटेनरी अस्पताल तथा विशेषज्ञ पशुसेवा केन्द्र राख्न आन्दोलन भएपनि त्यो मागको सुनुवाई भएन् । यदपि कतिपय केन्द्रले दुई जिल्ला हेर्ने भएका कारण कर्मचारी र विशेषज्ञ सेवा विभाजन गरेर दिने योजना प्रदेश सरकारको कृषि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रहेको छ ।

पशु र कृषि विशेषज्ञ सहितको जनशक्ती, आवश्यक बजेटको व्यवस्था, उच्च प्रविधि तथा भौतिक पूर्वाधार केन्द्रका लागि चुनौती देखिएको छ । पशुपालन तथा खेती, किसानीमा नयाँ÷नयाँ वैज्ञानिक प्रविधि र कृषियन्त्रको विकासले गति लिँदै गएको छ । नेपालका ग्रामीण भेगका अधिकांश किसानले अहिले पनि परम्परागत रुपमा खेती र पशु व्यवसाय गरिरहेका छन् । पशु र कृषिका केन्द्रले किसानहरु लाभान्वित हुने आशा गरिएको छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस