सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेमीसँग होटलमा बसेका बेला श्रीमान आइदिएपछि...

२०७७ चैत्र २४, १२:३९ खबर संवाददाता

एजेन्सी: प्रेमीसँग होटलमा बसेकी एक युवतीलाई उनकै श्रीमानले रंगेहात फेला पारेको खबर सार्वजनिक भएको छ।

भारतको पञ्जाबस्थित अमृतसरमा एक प्रहरीले आफ्नी पत्नीलाई होटेल अगाडि देखिएपछि हंगामा मच्चिएको हो।

उनले श्रीमतीलाई देख्नेवितिकै त्यही थप्पडले पिट्न थाल्छन्। जसका कारण त्यहाँ हेर्नेको भीड लाग्छ।

खासमा दुईबीच सम्बन्ध विच्छेद गर्ने कुरा चलिरहेको छ। तर पैसा दिइसक्दा पनि श्रीमतीले सम्बन्ध विच्छेद नगरेको र गैरपुरुषसँग सम्बन्ध बनाएको आरोप उनका पतीले लगाएको छ।

घरमा पनि उनकी श्रीमती जतिबेला पनि फोनमात्रै व्यस्त हुन थालेपछि पतिले निगरानी गरेका थिए। प्रेमीसँग एक होटेलमा बसेको थाहा पाएपछि उनका पति केही साथीहरुलाई लिएर त्यहाँ पुगेका थिए। 

स्थानीय प्रहरीले सबैलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस