सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ चैत्र २३, ०५:५८ खबर संवाददाता

काठमाडौं: नेपालमा  २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा ४ हजार ५३६ नमुना परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा १०२ जनाको संक्रमणमुक्त भई घर फर्केका छन्। पछिल्लो तीन महिना यताकै आज सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। उनीहरुमध्ये २ लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै २४ घण्टमा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमणबाट ३ हजार ३६ जनाको मृत्यु भइसकेको छ।
 

कमेन्ट लोड गर्नुस