सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको खप्तड छान्नामा भेराखानी लघु जलविद्युतबाट उत्पादन सुरु

२०७७ चैत्र २२, ०२:३१ खबर संवाददाता

धनगढी: बझाङको खप्तड छान्ना गाउँपालिकामा भेराखानी लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। 

गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर ७ मा रहेको ३२ वाट क्षमताक सो लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको हो। 

गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको आयोजनाबाट वडा नम्बर १, ७, ८ र ९ का गोरखाली, धर्तिवाडा, कोरकाट्या र लामागडाका ३ सय २० घरधुरी लाभान्वित भएका बताइएको छ। 

आयोजनाको निर्माण करिब एक करोड ४९ लाख ६२ हजार ६ सय ५६ रुपैयाँको लगानीमा गरिएको गाउँपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस