सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृश्य (कविता)

२०७७ चैत्र २२, ०१:१८

तिर्खो त प्यासी पो हुन्छ हुदैन झरना निर्जल ।
शेषशायी शेषमा कहिल्यै बस्दैन्न विष्णु एकल ।।
बुझी शब्दको भाका झनै वाक्य खोजन आउने ।
लोकमा छैन त्यो स्वजन जन दुर्जन लाउने ।।

पाई चामलको भाग फेरि चामल चाहिने ।
यस्तैलाई छ आजभोली फेरि सामल पाइने ।।
उ हेर दैवको लिला नि कस्तो मेल गराउँछ ।
चौकामा चौका साटेकालाई एक गराउछ ।।

त्यहि बेला वनकी रानी कुन्जमा गीत गाउँछे ।
मेरो स्वप्नको स्पुन्दमा मेरी जसै प्रित लाउँछे ।।
छोड् खेलका कुरा म ठूलो खेलाडी होइन ।
तिम्रो छायाको कालो छाँया म होइन होइन ।।

सत्तामा उ खेल खेल्दैछ सत्य लुक्छ कि आखिर ।
हराई झुटको भाका लुकेरै पनि होस सत्य माहिर ।।
भोकले मर्दैछन प्यासी नाच्दैछ तिम्रै तालमा ।
अझै बिगारी भत्काई भन्दा छोड यहि हालमा ।।

कपी कागजले कोरिए मसी सुक्दैछ भित्तामा ।
कौडिको भाउ लैजाउ छोड्दैनौ तिमी सित्तैमा ।।
रोएर आँसु रित्तिन्थे हासेरै रित्तिएनी पानीझै ।
जिन्दगी नोट्बुकझै खाली थ्यो भरियो राहदानीझै ।।

भकारीमा अन्नको दाना छैन मेरो आङ भारी हो ।
नपाए नमागेको मैले पचास–पचास तिर्नु क्यारी हो ।।
भैगो आज पेट भोको छ बाउडिन्छ नहसाई देउ ।
देशमा को छ सुतेको छोरो आउ कोहि जगाई देउ ।।

-बिक्षिप्त प्रकाश

कमेन्ट लोड गर्नुस