सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

२०७७ चैत्र २२, १२:३८ खबर संवाददाता

धनगढी: बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमण भएको छ। 

एक ट्वीटमार्फत् उनले त्यसबारे जानकारी दिएका हुन्। उनले लेखे, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु। सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु।’

उनले आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध समेत गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस