बझाङमा पुस्तकालय निर्माणका लागि काठमाडौंका विद्यार्थीको सहयोग
धनगढी: नेपालका लागि शिक्षा र अनुसन्धान केन्द्रले बझाङमा पुस्तकालय निर्माणका लागि सहयोग गरेको छ।
विभिन्न क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सो संस्थाले १५ सय वटा पुस्तक दिएर सहयोग गरेको हो। विभिन्न विधा र क्षेत्रका पुस्तकहरु विद्यार्थीहरुबाट संकलन गरी विद्यालयमा दिएर पुस्तकालय निर्माण गरिएको जनाइएको छ।
बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ५ स्थित धौल्देउ निम्न माध्यामिक विद्यालयमा ‘सफल परियोजना–शिक्षाको निम्ति एक कदम’ कार्यक्रममार्फत पुस्तक हस्तान्तरण गरिएको बताइएको छ।