बाजुराको धुरालसैन विद्यालयका विद्यार्थीमा भाइरल इन्फ्लुएन्जा ए
धनगढी: बाजुराको धुरालसैन माध्यमिक विद्यालयका विद्यार्थीमा भाइरल इन्फ्लुएन्जा ए देखिएको छ।
जिल्लाको बुढिगंगा नगरपालिका -१ मा रहेको सो विद्यालयका विद्यार्थीहरुमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको थियो।
त्यसपछि नगरपालिकाले १४ जनाको स्वाब संकलन गरेर नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु काठमाडौं पठाएको थियो।
तीमध्ये १० जनामा भाइरल इन्फ्लुएन्जा ए देखिएको बताइएको छ। अहिले भने इन्फ्लुएन्जा नियन्त्रण भइसकेको जनाइएको छ। एक सातामा मात्रै सो विद्यालयका दुई सयभन्दा बढी विद्यार्थी बिरामी परेका थिए।