सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता अजयको जन्मदिन, आरआरआरको फस्र्ट लूक सार्वजनिक

२०७७ चैत्र २०, ०४:२२ खबर संवाददाता

काठमाडौँ: भारतीय अभिनेता अजय देवगणको आज जन्मदिन। उनको जन्मदिनको अवसरमा फिल्म आरआरआरका  निर्माताले फस्र्ट लूक सार्वजनिक गरेका छन्।

पोस्टरमा अजयलाई एउटा सशस्त्र क्रान्तिकारीको अवतारमा देखिएको छ । अजयले केसरी रंगको ओड्ने ओडेका छन्। छातिमा बन्दुकका गोलीहरुले भरिएको बेल्ट लगाएका छन्।

टाउकोमा फेटा बाँधेका छन्। निधारबाट रगत बगिरहेको छ। उक्त फिल्ममार्फत अजय देवगण आफ्नो साउथ डेब्यू गर्दैछन् ।

अजय देवगणसंगै आलिया भट्टले पनि यही फिल्ममार्फत साउथ फिल्ममा डेब्यू गर्दैछिन् । यो फिल्म आगामी दशैंमा १३ अक्टोबरका दिन प्रदर्शन हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस