सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

२०७७ चैत्र १९, ०५:५९

काठमाडौँ: बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ ।

बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद किरण खेरलाई ब्लड क्यान्सर भएका बताइएको छ । भारतीय सञ्चार माध्यमहरुमका अनुसार खेरलाई मायलोमा नामक रोगबाट ग्रसित भएकी हुन् ।

यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बलिउडमा सन् १९८८ मा ‘पेस्तोजी’ नामक चलचित्रबाट डेब्यू गरेकी किरणले यसपछि ‘सरदारी बेगम, देवदास, ओम शान्ती ओम लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।


 

कमेन्ट लोड गर्नुस