सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

२०७७ चैत्र १८, ०५:३८ खबर संवाददाता

काठमाडौं: दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ।

हृदयघातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ।

उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो।

दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए।

कमेन्ट लोड गर्नुस