सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सुस्त मनस्थितीकी महिलालाई बलात्कार गर्ने एक जना पक्राउ

२०७७ चैत्र १८, ०९:५९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सुस्त मनस्थितीकी महिलामाथि जबरजस्तीकरणी गर्ने एकजना पक्राउ परेका छन्। 

जिल्लाको पुनर्वास नगरपालिका–२ दशरथबस्थीकी ३५ वर्षीया सुस्त मनस्थितीकी महिलामाथि जबरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँका ४० वर्षीय जग्गु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

चौधरीले मंगलबार राति महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। 
 

कमेन्ट लोड गर्नुस