सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना

२०७७ चैत्र १७, १२:२० खबर संवाददाता

बैतडी: बैतडीमा बोलेरो जीप दुर्घटना भएको छ। 

अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे१च ३५११ नम्बरको जीप महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो।

मंगलबार बिहान साढे ५ बजेतिर जीप दुर्घटना हुँदा जीप साहु समेत रहेका दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोतिसिंह बमले बताए।  

जीपमा सवार अन्य दुईजना भने समान्य घाइते भएका छन्।

दार्चुलाको अपिहिमाल ५ का चालक विरेन्द्र धामी भने फरार रहेका प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको बताइएको छ। 

ब्रेक फेल भएर जीप दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस