सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेमिकाले छोडेका युवकले उडिरहेको विमानको ढोका खोल्न थालेपछि...

। फोटो स्रोत ।
२०७७ चैत्र १६, ११:२६

धनगढी : प्रेमिकाले छोडिदिएपछि डिप्रेशनमा रहेको एक युवकले अनौठो व्यवहार गरेका छन्। भारतकाे नयाँ दिल्लीबाट वाराणसी आइरहेको स्पाइसजेटको विमानमा उडीरहेका गौरव खन्नाले अचानक इमर्जेन्सी गेट खोल्ने कोसिस गरेका हुन। विमान आकाशमा करिब २३ हजार फिटको उचाईमा थियो । 

त्यो देखेर विमानमा सवार यात्री डराउन थाले। क्रुका सदस्यले केही यात्रीको सहयोगमा उनलाई समातेर राखे। वाराणसीमा ल्याण्डिङ भएपछि युवकलाई द सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स अफ इन्डिया(सीआईएसएफ) लाई सुम्पिएको छ। युवकले जमानत पाएका छन्। 

फूलपुर सिनियर अफिसर दुर्गेशले आरोपी  हरियाणाको गुरुग्राममा बस्ने खन्नाको मानसिकता ठिक नभएको बताएका छन्। 

नयाँ दिल्लीको स्पाइसजेटको विमानले शनिबार दिउँसो २ बजेर २२ मिनेटमा वाराणसीका लागि उडान भरेको उक्त विमानमा ८९ यात्री सवार रहेको बताइएको छ। -एजेन्सी

कमेन्ट लोड गर्नुस