बैतडीको झुलाघाट नाकाबाट भित्रिएका ६४ जनाको कोरोना परीक्षण
धनगढी: आइतबारसम्म बैतडीको झुलाघाट नाकामा ६४ जनाको कोरोना परीक्षण गरिएको छ ।
भारतसंग सीमा जोडिएको सो नाकामा एन्टीजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गर्दा एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको जनाइएको छ ।
भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका तथा ज्वरो आएकाहरुको मात्रै कोरोना परीक्षण गर्न लागिएको बताइएको छ ।
भारतमा कोरोना भाइरसको दोस्रोे लहर सुरु भएसंगै सुदूरपश्चिमका नाकाहरुमा पनि सतर्कता अपनाउन थालिएको हो ।