सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवा

२०७७ चैत्र १५, ०४:५८ खबर संवाददाता

होलीमा लगाउने त्यो पोशाकमा इस्त्री नगरेको वर्षौ भयो बुवा
त्यहि पोशाकमा सुहाउने दोहोरो फुल हालेर माला नउनेको पनि वर्षौ भयो ।

हरेक चाडपर्वमा झै  होली पनि अलि राम्रोसँगै मनाउछौं बुवा
त्यहि पनि हजुरले होलीको खेल खेलेको र हामीले नहेरेको वर्षौ भयो ।

फूपुलाई हामी हजुरले जस्तो माया गरिरहेको छाैं बुवा
तर फुपुले आफ्नो प्यारो भाइलाई मन 

खोलेर कुरा नगरेको वषौं भयो
आमालाई धेरै होहल्ला अझैपनि मन पर्दैन बुवा

मन नपरेर पनि होलीको राम हेर्न नगएको पनि वर्षौ भयो
हजुरको साथीहरू हाम्रो घर अगाडि बाटो हुँदै होली खेल्न जानुहुन्छ बुवा
हजुर पनि उहाहँरु सँगै नगएको वर्षौ भयो ।

-काश्मिर साउद

 

कमेन्ट लोड गर्नुस