सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोली लागेर घाइते भएका बैतडीका चन्दलाई काठमाण्डौं लगियो

२०७७ चैत्र १५, १२:२६ खबर संवाददाता

बैतडी: बैतडीमा गोली लागेर घाइते भएका लक्ष्मण चन्दको कोहलपुरमा उपचार सम्भव नभएपछि काठमाण्डौं रेफर गरिएको छ।

शनिबार जिल्लाको मेलौली नगरपालिका ३ ढडौनका लक्ष्मण चन्द शुक्रबार राती गोली लागेर घाइते भएका थिए। 

चन्दले आँफैले आँफैलाई गोली प्रहार गरेको बुझिएको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए। 

घाँटीमा गोली लागेका चन्दलाई शनिबार जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो।

कमेन्ट लोड गर्नुस