सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सञ्चार सेवा पुनः सञ्चालन

२०७७ चैत्र १४, ११:०० खबर संवाददाता

बैतडीः अप्टिकल फाइबरको तार काटिँदा चारदिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ। 

बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमबारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो। अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल फोन सेवा, ल्याण्डलाइन फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस