सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडाध्यक्ष शंकास्पद अवस्थामा फेरि उनै महिलासङ्ग भेटिए

२०७७ चैत्र १३, ०१:५३ खबर संवाददाता

धनगढी: यही चैत ५ गते स्थानीय एक महिलासङ्ग शंकास्पद रुपमा भेटिएका बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा फेरि पनि उनै महिलासङ्ग शंकास्पद अवस्थामा भेटिएका छन् ।

बिहीबार राति सोही गाउँपालिकाको वडा नम्बर ६ की ती महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दुवै जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

उनका अनुसार गाउँलेले वडाध्यक्ष र ती महिलामाथि कुटपिटसमेत गरेका छन् । ती महिला एकल रहेकी पनि बताइएको छ । यसअघि वडाध्यक्ष महरा खोचलेक बजारको एक होटेलमा ती महिलासँग शंकास्पद रुपमा भेटिएका थिए भने उनकी श्रीमतीले प्रहरीलाई सूचना दिएकी थिइन् ।

प्रहरीले वडाध्यक्षकी श्रीमतीले शंकाको भरमा सूचना दिएकी र उनले भनेजस्तो नपाइएको भन्दै नियन्त्रणमा लिएपछि छोडेको थियो । वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।

कमेन्ट लोड गर्नुस