सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघ बैतडीले जिल्लाभरीका योजनाको अनुगमन गर्ने

२०७७ चैत्र १२, ०५:३८ खबर संवाददाता

बैतडी: नेपाल विद्यार्थी संघ बैतडीले स्थानीय, प्रदेश र संघीय सरकारबाट सञ्चालन भइरहेका योजनाहरुको अनुगमन गर्ने भएको छ। 

बिहीबार बसेको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको बैठकले १० वटै स्थानीय तहमा तिनै तहका सरकारबाट सञ्चालन भइरहेका योजनाको अनुगमन गर्ने र त्यसको एकिकृत प्रतिवेदन तयार पार्ने निर्णय गरेको हो। 

त्यसका लागि सबै पालिकामा नेविसंघका पालिकाका संयोजकको नेतृत्वमा समिति गठन गरिने नेविसंघ बैतडीका अध्यक्ष कपील केसीले बताए। 

यस्तै बैठकले विधान बमोजिम मनोनयन गरिएका जिल्ला कार्यसमितिका सदस्यहरुलाई शपथ पनि खुवाएको छ।

कमेन्ट लोड गर्नुस