सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवतीले केटा साथीलाई बोलाइन डेरामा, घरबेटीले ६ तलाबाट फ्याँकेर मारिदिए

२०७७ चैत्र ११, ०५:५३ खबर संवाददाता

काठमाडौं: केटा साथीलाई बोलाएको भन्दै एक घरबेटीले आफ्नो घरको भाडामा बस्ने युवतीलाई ६ तला माथि रहेको फ्ल्याटबाट फ्याँकेर हत्या गरेका छन्।

इजिप्टमा घरबेटी, छिमेकी र डोरम्यानले मिलेर उनलाई निर्घात कुटपिट गरेर मारेको बताइएको छ।

ती महिला डाक्टर हुन्। ३४ वर्षकी उनले पुरुष साथीलाई कोठामा ल्याएपछि घरबेटीसहितका व्यक्तिहरु रुष्ट रहेको अल अराबीले जनाएको छ। 

महिलाका घरबेटी, उनका छिमेकी र डोरम्यानलाई पक्राउ गरिएको छ। 

महिलाका घरबेटीले भने सबै आरोप अस्वीकार गर्दै महिला पहिलेदेखि नै मानसिक रोगी भएको र उनले आत्महत्या गरेको दावी गरेका छन्।

कमेन्ट लोड गर्नुस