सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

२०७७ चैत्र ९, ०६:२२ खबर संवाददाता

बैतडी: बैतडीमा भोलि एकदिने मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविर सञ्चालन हुने प्रमुख योगेशप्रसाद भट्टले बताए। 

शिविरमा मानसिक समस्या भएकाहरुलाई उपचार र परामर्श सेवा प्रदान गरिने बताइएको छ।

शिविरमा आउने नागरिकले यसअघि कुनै मानसिक स्वास्थ्य सम्बन्धी औषधि सेवन गरिरहेको भएमा औषधिको पर्चा समेत ल्याएर आउन आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस