सुदूर नेपाललाई विश्वसँग जोड्दै

फजुल खर्च कटाएर टुहुरा बालकलाई सहयोग

२०७७ चैत्र ९, ०५:१८ खबर संवाददाता

विनोद सिंह विष्ट, बैतडी : नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले जन्मदिनको फजुल खर्च कटाएर टुहुरा बालकहरुलाई सहयोग गरेका छन्। केसीले पाटन नगरपालिका–५ बशन्तपुर कद्वारका दुई टुहुरा बालकलाई सहयोग  गरेका हुन्। 

उनले डेढ वर्षअघि आमाबुवा गुमाएर टुहुरा बनेका १२ वर्षीय सुरज लुहार र ८ वर्षीय निरज लुहारलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका हुन्। 

अध्यक्ष केसीले आफ्नो ३०औं जन्मदिनको अवसरमा घरमै पुगेर टुहुरा बालकलाई सहयोग गरेको बताएका छन्।  आमाबुवा गुमाएर गएको डेढवर्षदेखि बिचल्लीमा परेका ती बालकलाई १ बोरा चामल, ७ किलो दाल, २ लिटर खानेतेल, २ झोला, १ दर्जन कापी र १ दर्शन कलम हस्तान्तरण गरेको केसीले बताए। 

उनले भने, ‘जन्मदिन मनाएर फजुल खर्च गर्नुभन्दा बिचल्लीमा परेका बालबालिकालाई सहयोग गर्नु राम्रो ठानेर उनीहरुको घरमै पुगेर खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हुँ।’  ‘कपिलका बुबाको पनि १७ वर्ष पहिला निधन भएको थियो’  उनले थपे,‘मलाई पनि बुबा गुमाएपछिको  पीडा थाहा छ, त्यसैले टुहुरा बालकहरुलाई नै सहयोग गरे।’

पाटन नगरपालिका ६ बेडौती घर भएका केसी गएको १४ वर्षदेखि  नेविसंघमा आवद्ध छन् ।  

ती बालकका आमाबुवाको २०७६ भदौमा भारतको बैंग्लोरमा रोजगारीका लागि गएका बेला कोठमा ग्यास सिलिण्डर बिस्फोट भएर मृत्यु भएको थियो। त्यसपछि ती बालकहरुको बिचल्ली भएको छ। 

घटना भएको बेला उनीहरुपनि संगै रहेकाले  निरजको पनि शरिर पुरै जलेको र अहिले पनि उनको स्वास्थ्य अवस्था ठिक छैन।  उनीहरुले पनि सहयोगको याचना गरेका छन् ।  

कमेन्ट लोड गर्नुस