सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानको सिँढी चढ्दा ३ पटक लडे अमेरिकी राष्ट्रपति बाइडेन(भिडियोसहित)

२०७७ चैत्र ७, ०४:५९ खबर संवाददाता

एजेन्सी :  अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन ३ पटक लडेको उक्त भिडियोमा चर्चित बनेको हो। 

राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए। एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए।

भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ।

भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन्। तर  उनले आफूले आफैंलाई सम्हालेका छन्।

 

 

कमेन्ट लोड गर्नुस