सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा दोस्रो मेयरकप खुल्ला पुरुष भलिबल प्रतियोगिता

२०७७ चैत्र ६, ०५:२९ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरीमा दोस्रो मेयरकप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । 

बेलौरी नगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित उक्त भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो । 

प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको बताइएको छ । प्रतियोगिताको आज सो नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गरेका छन् । 

आजबाट सुरु भएको प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने बेलौरी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँ, दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रूपैयाँ र तेस्रो हुने टिमले १५ हजार १ सय ११ रूपैयाँ पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

कमेन्ट लोड गर्नुस