जग्गा हस्तान्तरणको माग सहित एक सय २६ औं पटक ज्ञापन (भिडियो सहित)
डडेल्धुराको पशुराम नगरपालिकाका वाढी पहिरो पिडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडी वढाउन माग गरिएको छ। डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्वर २ र ३ मा २०६२ साल असोज ८ गतेका दिन अविरल वर्षापछि विस्थापित जीवन विताउँदै आएका पिडितहरुले आफुहरुको पुर्नस्थापनाका लागि खरिद गरिएको जग्गा हस्तान्तरणको माग गरेका हुन ।
१३ वर्ष अघि आएकोे पहिरोमा एकै परिवारका ८ सदस्य सहित ३२ जनाले ज्यान गुमाएका थिए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन विताउँदै आएका छन्। विस्थापितहरुको पुर्नस्थापनाका लागि खरिद गरिएको जग्गा प्लटिङ गरी ईस्टमेट तयार हुँदा समेत काम अगाडी नवढेको भन्दै पिडितहरुले एक सय २६ औं पटक प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयलाई ज्ञापन वुझाएका छन्।
लामो समयदेखि सुरक्षित बासको सपना, सपनामै राखेका पिडितहरुले सो जग्गालाई योजनावद्ध रुपमा अगाडी वढाउँदै कित्ताकाट गरेर पुर्नस्थापनाको काम तत्काल अगाडी वढाउन शिर्ष पहिरो पिडित संघर्ष समितीका संयोजक प्रजापति नाथले आग्रह गरे।
परशुराम नगरपालिका वडा नं. ४ रातीमाटीमा ३७ रोपनी र वडा नं. ५ परिगाउँमा ९ रोपनी गरी ४६ रोपनी जग्गा अघिल्लो सरकारमा खरिद गरेको थियो।
सो जग्गा अहिलेसम्म पनि योजना वनाएर हस्तान्तरण हुन नसकेपछि पिडीतहरुले सरकारी निकायले तदारुकता नदेखिएको भन्दै एक सय २६ औं पटक प्रदेश सातका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहोरालाई ज्ञापन पत्र वुझाएका छन्। उनीहरुले यसअघि विभिन्न निकायलाई १ सय २५ पटक ज्ञापन बुझाईसकेका छन्।
साविकको शहरी विकास तथा भविन निर्माण डिभिजन कार्यालयले आफ्नै नाममा राखेको जग्गामा अहिलेसम्म कुनै काम अगाडी नवढेपछि प्रदेश सरकारलाई निकासा रकम दिएर पुर्नस्थापनाको काम अगाडी वढाउन ज्ञापन वुझाईएको शिर्ष पहिरो पिडित संघर्ष समितीका संयोजक नाथले बताए।
डोटीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले आवास तथा अन्य पुर्वाधार निर्माणका लागि जग्गा प्लटिङ गर्दै दुई लाख ६५ हजार को ईस्टमेट समेत मन्त्रालयमा पेस गरेको थियो। सो रकम निकासाका लागि पहल गरि दिन र निर्माण कार्यको ठेक्का प्रक्रिया अगाडी वढाउन आग्रह गर्दै वुझाईएको ज्ञापनपत्र वुझ्नै डडेल्धुरा निवासी प्रदेश सातका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहोराले जग्गा हस्तान्तरणका लागि पहल गर्ने बताए।